काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अंकले ओरालो लागेर १९०४.४० मा सीमित भएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७९ अंकले ओरालो लागेर ३६३.१२ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहकै सेयर मूल्यमा गिरावट आएको छ ।

बुधबारको वृद्धि आज कायम हुन नसक्दा कारोबार रकम पनि बढेन । ३२ लाख ९ हजार २ सय १४ कित्ता सेयर ९८ करोड ३३ लाख ६७ हजार ३ सय ११ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको ५ करोड ७५ लाख ४३ हजार ४ सय २५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी बैंकको संस्थापक सेयर ३ करोड ५३ लाख ८६ हजार ४ सय ८०, एसियन लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाख ७७ हजार ५ सय १५, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ करोड ३३ लाख ३८ हजार ८ सय २५ र एभरेस्ट बैंकको २ करोड ९१ लाख ७६ हजार १ सय ९८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार, कालिञ्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मोलुङ हाइड्रोपावर ९.९६, सनराइज ब्ल्युचिप फन्डको ७.०६, सनराइज फस्ट म्युचुअल फन्ड ३.९२ र एभरेस्ट बैंकको सेयर मूल्य ३.६० प्रतिशतले बढेको छ ।

आदर्श लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड दोस्रोमा पनि नकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फन्ड दोस्रो ९.०३, सामलिङ पावर कम्पनी ८.२७ र निर्धन उत्थान लघुवित्तको सेयर मूल्य ४.१० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय