काठमाडौं– सेयर सूचक नेप्से आइतबार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० कायम भएको छ ।
२६५ कम्पनीका २७ लाख ३४ हजार ३०७ कित्ता सेयर ३१ हजार ४१५ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८२ करोड ८५ लाख ३४ हजार पुगेको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक ११.०७ विन्दुले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
जीवन बीमा समूहको उपसूचक ११८.७४ र विकास बैंक समूहको उपसूचक ३५.९८ बिन्दुले घटेका छन् । बैंकिङ समूह १६.७१, वित्त समूह ३२.३०, जलविद्युत् समूह २७.९४, लगानी समूह ०.५२ र उत्पादन तथा प्रशोधन समूह १४.३९ बिन्दुले घटेको छ ।
त्यसैगरी लघुवित्त समूह २९.०८, म्युचुअल फन्ड ०.०१, निर्जीवन बीमा समूह २९.५४, व्यापार समूह ३१.२३ र अन्य समूह १.९९ बिन्दुले घटेको छ । नेप्सेको आजको कारोबारमा सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फन्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र सेयर संख्यामा आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको ३ करोड ११ लाख ९५ हजार बराबरको १ लाख २० हजार ५१२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।









