काठमाडौं– नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र (लाइसेन्स) माग गर्दै तीनवटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

आवेदन दिने अन्तिम मिति आइतबार कार्यालय समयभित्र तीनवटा आवेदन परेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि भने ४ कम्पनीको आवेदन परेको छ ।

स्टक एक्सचेन्जतर्फ हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ । हिमालयनले शुक्रबार र बाँकी दुईले आइतबार आवेदन दिएका हुन् ।

कमोडिटी एक्सचेन्जको तीनवटै आवेदन आइतबार परेको हो । बोर्डका अनुसार मल्टी डेरिभेटिभ एक्सचेन्ज ९मेक्स०, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज, नेपाल मल्टी कमोडिटी एक्सचेन्ज र हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्जले आवेदन दिएका छन् ।

बोर्डले स्टक एक्सचेन्जका लागि एक र कमोडिटी एक्सचेन्जका लागि दुई कम्पनीलाई लाइसेन्स दिनेछ ।

बोर्डले २०७९ असोज ३० गते स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्कालका लागि प्रक्रिया रोक्न आदेश दिएपछि सबै काम रोकिएको थियो ।

पछि सर्वोच्चले उक्त रिट खारेज गरेपछि बोर्डले १० दिनको म्याद राखेर गत चैत ३० गते पुनः आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज खोल्न अनुमति दिनेछ ।

आवेदन दिएका मध्ये नेसनल स्टकमा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी छ ।

हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुप र दीपक भट्ट सहित मुलुकका प्रमुख व्यापारिक घरानाको लगानी छ । हिमालयन गत शुक्रबार आवेदन दिएको थियो । कमोडिटी एक्सचेन्जका लागि दुईवटा आवेदन परेको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय