काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ बिन्दुले बढेर १९०५.६८ को मा पुगेको हो ।

मंगलबार २६५ वटा कम्पनीको २७ लाख ५७० कित्ता सेयर २७ हजार ७६६ पटक खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन म्युचुअल फन्ड समूहको उपसूचक ०.१ बिन्दुले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ९५ दशमलव ४२ र उत्पादन तथा प्रशोधन समूह ७९.६३ अंकले बढेको छ ।

बैंकिङ समूह १२.१७, विकास समूह ५७.०५, वित्त समूह १७.४९, होटल तथा पर्यटन समूह ६६.९७ र जलविद्युत् समूह १२.९ बिन्दुले बढेको छ ।
त्यस्तै जीवन बीमा समूहको उपसूचक ५७.३०, उत्पादन समूह १५.८०, व्यापार समूह १३.२२ र अन्य समूह ६.७४ बिन्दुले बढेको छ ।

यस दिन तारागाउँ रिजेन्सी होटल्सको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको एकाइ मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याको आधारमा यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ७ करोड ९१ हजार ५५७ रुपैयाँ बराबरको १ लाख ६६ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय