वैशाख– टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत वैशाख ९ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको महेन्द्रनगर डिलर (महामाया ट्रेड एन्ड सप्लायर्स महेन्द्रनगर, कञ्चनपुर) बाट सुरु भएर दोधारा, अतिथि रिसोर्ट पुगेर समापन भएको थियो ।

उक्त राइडमा सहभागीबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाबारे जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय