काटमाठौं– काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ । मंगलबार महानगरपालिकाले काठमाडौंको भ्यू टावरनजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको जनाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिएका छन् ।

यसअघि महानगरले अनधिकृत प्रहरी बिट हटाउन सूचना जारी गरेको थियो । महानगरले दिएको समयभित्र प्रहरीले बिट नहटाएपछि महानगर आफैंले डोजर चलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय