काठमाडौं– मेन्छियाम हाइड्रोपावर लिमिटेडको सर्वसाधारणलाई निष्कासन गरिएको प्राथमिक शेयर बाँडफाँड भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडका अनुसार १०० रुपैयाँ अंकित दरको ९ लाख ५४ हजार ११० कित्ता सेयर ९५ हजार ४११ आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरिएको छ ।
त्यसपछि बाँकी रहन आएको ४ कित्ता सेयर २० कित्तादेखि ५ हजार कित्ताको लागि आवेदन गरी बाँडफाँडमा परिसकेका चारजनालाई गोलाप्रथाबाट थप १ कित्ता सेयर बाँडेको कम्पनीले बताएको छ ।
एनआइसी एसिया क्यापिटलका अनुसार उक्त सेयरका लागि १२ लाख ४४ हजार ३८५ जना आवेदकबाट १ करोड ३७ लाख २० हजार ३० कित्ताका लागि आवेदन प्राप्त भएकोमा ६५ हजार जनाबाट १० लाख ८३ हजार १६० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदन रद्द भई ११ लाख ७८ हजार ७३९ आवेदक कायम भएका थिए । कायम भएका आवेदकले १ करोड २६ लाख ३६ हजार ८७० कित्ता सेयर माग गरेको कम्पनीले बताएको छ ।









