काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ को बिन्दुमा कायम भएको हो ।
आइतबार २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर २६ हजार ८ सय एक पटक खरिद बिक्री हुँदा ९५ करोड ४३ लाख २२ हजार ३७७ बराबरको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स दुई दशमलव ९५ र फ्लोट इक्डेक्स १.३४ अंकले घटेको छ ।
त्यस्तै, सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ८७ दशमलव १७ र निर्जीवन बीमा समूहको उपसूचक ४६.६६ अंकले घटेको छ । आज बैंकिङ समूह ९.४७, विकास बैंक समूह ४२.६७, वित्त समूह २०, होटल तथा पर्यटन समूह २६.९३ र जलविद्युत् समूह ४५.४४ अंकले घटेको छ ।
यसैगरी, लगानी समूह ०.३३, उत्पादन तथा प्रशोधन समूह ४१.२२, लघुवित्त समूह ३१ दशमलव ४३, म्युचुअल फन्ड ०.१९, व्यापार समूह ३५.४१ र अन्य समूह १८ दशमलव २८ बिन्दुले घटेको छ ।
एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को सेयर मूल्य सबैभन्दा धेरै ३.३३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड ग्रोथ फन्डको सेयर मूल्य ८.८९ अंकले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ४ करोड २५ लाख १० हजार आठ सय बराबरको सेयर किनबेच भएको छ ।
कारोबार भएका सेयर संख्याको आधारमा भने सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको १ लाख ९५ हजार १ सय ७८ कित्ता सेयर किनबेच भएको छ ।









