काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको उपचार खर्च आफैंले बेहोर्ने इच्छा देखाएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचार गराएका थिए ।
सामान्य समस्याको उपचार पनि स्वदेशमा नगराएर विदेश गएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रपतिले उपचार खर्च आफैंले बेहोर्ने बताएका हुन् ।
तर उपचार गर्न विमान चार्टर गर्दा भएको खर्चका विषयमा भने राष्ट्रपतिको स्वकीय सचिवालय बोलेको छैन । उनी भारत जाँदा एक करोडभन्दा बढी हवाई भाडा तिरेको चर्चा छ ।
त्यसैगरी उनीसँगै गएको टोलीको भत्तालाई लिएर पनि आलोचना भइरहेको छ ।









