काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको मंगलबार निधन भएको छ । चितवनमा घरको छतबाट घसेर घाइते भएका थापाको ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।

उनको मंगलबार दिउँसो १ः३५ बजे निधन भएको मेडिसिटी अस्पतालका सञ्चार अधिकृत मनिता पोखरेलले जानकारी दिएकी छिन् ।

थापा वैशाख ४ गते बिहान ४ बजे चितवनस्थित लामिछानेको घरको छतबाट लडेर घाइते भएका थिए । उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का स्थायी बासिन्दा हुन् ।

३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि एयरलिफ्ट गरी मेडिसिटी ल्याइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय