काठमाडौं– बहालवाला सचिवपछि पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै युवाहरु ठगेको घटनामा रायमाझीका बाबुछोरालाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । सोही प्रकरणमा तत्कालीन गृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

बुधबार पक्राउ परेका पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धान अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको प्रहरीको भनाइ छ ।

त्यस्तै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय