काठमाडौं– विदेशमा बसोबास गर्ने नेपालीले गत साउनदेखि चैतसम्मको ९ महिनामा ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ नेपाल पठाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।

काम गर्न विदेश जाने नेपालीको संख्या बढेसँगै विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको हो । पोहोर साउनदेखि चैतसम्ममा अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मुलुकको गत चैतसम्मको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांक अनुसार यस वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५.५ प्रतिशतले बढेर २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय