काठमाडौं– नेकपा (एमाले)ले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउपुर्जी जारी गरेपछि रायमाझी फरार भएका छन् ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग होस भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको पार्टी महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टोपबहादुरका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरिसकेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परिसकेका छन् ।
यसअघि मंगलबार सम्पन्न नेकपा एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो ।









