काठमाडौं– पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनः बढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकांक एक्युआईका अनुसार अहिले ललितपुर पाटनको एक्युआई १७६, काठमाडौं कीर्तिपुरको १६३, रत्नपार्कको १६३, नारायणीको १७१ र धनकुटाको १५५ रहेको छ ।

एक्युआई ० देखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्युआई १५० भन्दा माथि जानुलाई हानिकारक मानिन्छ । पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्युआई १५० भन्दामाथि छ । स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

प्रदूषणकै कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।

भक्तपुर, मध्यपुरथिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेकाले यहाँको हावा अस्वस्थकर देखिएको जनाइएको छ । यी क्षेत्रको एक्युआई १५० भन्दा कम रहेको छ । यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्ने विज्ञ बताउँछन् । गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित बन्दै गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय