सिन्धुली– तीनपाटन गाउँपालिका–५ थाक्लेडाँडाको जंगलमा एक व्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले मंगलबार बिहान सार्वजनिक गरेको हो ।
प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार घटनापछि फरार रहेका सिन्धुलीको तीनपाटन गाउँपालिका–७ का १९ वर्षीय विशाल भन्ने जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी र २७ वर्षीय सुरेन्द्रबहादुर कामी रहेका छन् । उनीहरुका साथबाट अँध्यारोमा चम्कने एक वस्तु पनि बरामद गरिएको छ ।
अर्का आरोपित तीनपाटन गाउँपालिका–७ का २७ वर्षीय विदुर लामिछाने फरार छन् । पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।
उनीहरुले वैशाख ३१ थाक्लेडाँडाको जंगलमा ढुंग्रेबेसीका ३० वर्षीय लोकबहादुर सार्कीलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । लोकबहादुरसँग चकमके जाने क्रममा ढुंगा जस्तो देखिने चम्किलो वस्तुको विषयमा विवाद हुँदा ती पाँचै जनाले आक्रमण गरी घाइते बनाएको उजुरी परेको उनले जानकारी दिने । सार्कीको दाहिने पातामा छुरा प्रहरा गरी साथमा रहेको ३० हजार र एक थान मोबाइलसमेत उनीहरुले लगेको बताइएको छ । घाइतेको थप उचारका लागि काठमाडौं लगिएको छ ।









