काठमाडौं– सन् २०२३ को पाँच महिनामा ४ लाख ४ हजार २ सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि मे महिनासम्म सो संख्यामा पर्यटक भित्रिएका हुन् ।

मेमा मात्रै ७७ हजार ७ सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६ र अप्रिलमा ९८ हजार ७ सय ७३ पर्यटक भित्रिएका थिए ।

तथ्यांकअनुसार मेमा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार ५ सय ७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट ८ हजार ५ सय ४५, चीनबाट ४ हजार ६ सय ६७, बेलायतबाट २ हजार ९ सय २७, अस्ट्रेलियाबाट २ हजार १ सय ८४ जना पर्यटक आएका छन् ।

बंगलादेशबाट २ हजार १ सय ६४, मलेसियाबाट १ हजार ३ सय २१, जर्मनीबाट १ हजार १ सय ६५, फ्रान्सबाट १ हजार ९७ र दक्षिण कोरियाबाट १ हजार ३९ जना पर्यटक भित्रिएका छन् ।

कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन संख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय