काठमाडौं– मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा शुक्रबार एउटा गाडी खस्दा त्यसमा सवार ३ जना बेपत्ता भएका छन् ।

घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी नदीमा खसेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिएका छन् ।

गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए । उनीहरुमध्ये गाडी चालक पौडिएर बाहिर निस्केको र निर्देशकसहित ३ जना बेपत्ता भएको एसपी सिलवालले जानकारी दिए ।

उनीहरु सरकारी गाडीमा खोटाङ जान हिँडेका बताइएको छ । अहिले उनीहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय