काठमाडौं– आइतबार ५० बिन्दुले बढेको सेयर बजारको सूचक नेप्से सोमबार दोहोरो अंकले ओरालो लागेको छ । सोमबार नेप्से १७.३८ बिन्दुले घटेर १९०१.९९ बिन्दुमा कायम भएको हो ।
यस दिन २ सय ७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर ३६ हजार ५६८ पटक खरिदबिक्री हुँदा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ बराबरको कारोबार भएको छ ।
सोमबार सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह १२४.१४ र उत्पादन तथा प्रशोधन समूह १२१.३० बिन्दुले घटेको छ । बैंकिङ समूह ९.१६, विकास बैंक ५०.९५, वित्त १७.३९, होटल तथा पर्यटन ३२.०१, जलविद्युत् ११.५१ र लगानी समूह ०.५४ बिन्दुले घटेको छ ।
त्यसैगरी, लघुवित्त समूह १८.६४, म्युचुअल फन्ड ०.०३, निर्जीवन बीमा समूह ५७.०६, व्यापार समूह ३६.९४ र अन्य समूह २०.६३ बिन्दुले घटेको छ ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को सेयर मूल्य आज सबैभन्दा धेरै ९.०२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने शिवम् सिमेन्ट लिमिटेडको सेयर मूल्य ४.५० प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा यस दिन शिवम् सिमेन्ट लिमिटेडको १९ करोड ८९ लाख ५६ हजार ३५३ बराबरको ४ लाख १४ हजार ६१६ कित्ता सेयर किनबेच भएको छ ।









