काठमाडौं– देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

शाहको कार्यकक्षमा उनकै निर्देशनमा ग्रेटर नेपालको नक्सा राखिएको सचिवालय स्रोतले जानकारी दिएको छ ।

भारतको नयाँ संसद भवनमा नेपाली भूभाग समेत समेटिएको अखण्ड भारतको नक्सा राखेको बदलामा बालेनले आफ्नो कार्यकक्षमा अहिले भारतमा पर्ने भूभाग समेत समेटिएको ग्रेटर नेपालको नक्सा राख्न लगाएको स्रोतले जानकारी दिएको छ ।

मेयर शाह अहिले श्रीमतीको उपचारको क्रममा भारतको बैंगलोरमा छन् ।

भारतले जेठ १४ गते उद्घाटन गरेको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राखेको थियो । ‘अखण्ड भारत’को नक्सामा मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ ।

सांसदहरूले भारतीय संसदमा राखिएको अखण्ड भारतको नक्सा हटाउन सरकारले भारतलाई आग्रह गर्नुपर्ने बताउँदै आएका छन् । भारतले भने उक्त नक्सा सांस्कृतिक मात्र भएको प्रतिक्रिया दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय