काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले काठमाडौं उपत्यकाका ग्राहकलाई सहुलियत दिन भनदै फाइनान्स जात्रा सुरु गरेको छ ।

० प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको उक्त फाइनान्स जात्राअन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा ० प्रतिशत ब्याजमा खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

फाइनान्स जात्रा अन्तर्गत उपत्यकाभित्र बजाज मोटसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्तामा ० ब्याजदरको लाभ लिन सकिने बताइएको छ । यो जात्रा काठमाडौं उपत्यकाभरिका १८ बजाज सोरूमहरुमा जेष्ठ २८ देखि ३२ गतेसम्म ५ दिनको लागि लागू हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय