काठमाडौं– आज जेठ ३० गते मंगलबार । मंगलबार बिहान कोसी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले यस्तो भएको महाशाखाको भनाइ ।

उक्त मौसमी प्रणालीका कारण कोशी तथा बागमती प्रदेशको केही स्थान, मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।

आज राति कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय