काठमाडौं– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

यतिबेला कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन, चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन, चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघ–गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

शनिबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघ–गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

शनिबार राति कोशी, मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेशप्रदेश सहित बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघ–गर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना छ ।

देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत देखिन्छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन, चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ । तसर्थ, अत्यधिक गर्मी, मेघ–गर्जन, चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय