काठमाडौं– व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ ।

अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीको दाबी छ । सीजी इन्डस्ट्रियल पार्कभित्रको गल्फ मैदानसँगै रिसोर्ट छ । शाश्वत धामका दर्शनार्थीका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक हुने बताइएको छ ।

‘वेलनेस, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमा मिराया वेलनेश एन्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राहुल चौधरीले भने, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्तरुप दिने गरी तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाहरुले फरक अनुभुति गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मि कशान्ति सहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको छ । मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तव्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुका लागि पनि उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ ।

मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकता पूरा गर्ने विभिन्न गतिविधि र अन्य सुविधा प्राप्तगर्न सक्ने बताइएको छ । रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट छन् । साथै वाइन टेस्टिङ वर्कसप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ता खास सुविधाहरु प्नि रिसोर्टमा छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय