काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल फेरि बिरामी परेका छन् । उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएका छ ।

शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

राति गाह्रो भएपछि उनलाई अस्पताल लगिएको र डाक्टरहरुले कमजोरीका कारण त्यस्तो भएको बताएका छन् ।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ ।
गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको मुटुको एन्जियोग्राम गरिएको थियो । त्यसअघि उनी भारतमा उपचार गराएर फर्केका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय