काठमाडौं– चर्चित पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनी बिहीबार पार्टी प्रवेश गरेका हुन् ।

रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह पार्टी प्रवेश गरेका हुन् । सभापति रवि लामिछानेले उनलाइ पार्टीमा स्वागत गरेका थिए । रास्वपामा प्रवेश गरेसँगै उनले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएको पार्टी स्रोतले जानकारी दिएको छ ।

२०७९ असार ७ गते रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएको थियो । पार्टी स्थापनाको १ वर्ष पूरा गरेको अवसर पारेर रास्वपाले बिहीवार दिउँसो १ बजे चियापान आयोजना गरेको छ ।

गएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १३ र समानुपातिकमा ७ गरी २० सिट जितेको छ । राजनीतिमा भर्खरै आएका रास्वपाका उम्मेदवारले पुराना पार्टीका चर्चित अनुहारहरुलाई हराएका थिए । रास्वपा संसदमा चौथो ठूलो दल हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय