काठमाडौं– आरएमसी ग्रुपका कार्यकारी निर्देशक राजेशकुमार अग्रवाल निजी क्षेत्रको प्रभावशाली संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) को अध्यक्ष बनेका छन् । परिसंघको २०औं वार्षिक साधारणसभापछि परिसंघको नेतृत्व अग्रवालको हातमा आएको हो । यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिए ।

परिसंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमारलाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरेका छन् ।

अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बनेका थिए ।

काठमाडौंमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा छन् । ।

परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, हेमराज ढकाल विदुषी राणा, अजितविक्रम शाह, मनिष खेमका, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, विरेन्द्रराज पाण्डे, आशिष गर्ग, आशिष अग्रवाल जजोािडया र सपना सापकोटा चुनिएका छन् ।

यस्तै, लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, बरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, सन्दिप शारडा, मोहित केडिया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, अमित मोर, अमितकुमार बेगानी, शरदकुमार टिवडेवाला, विक्रम सिंघानिया, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, सौरभ दुगड, विकास दुगड, आदित्य संघई पनि राष्ट्रिय परिषद् सदस्य निर्वाचित भएका छन्

निर्वाचित राष्ट्रिय परिषद सदस्यमध्येबाट सातजना उपाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चुनिएका छन् । स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित भएको परिसंघले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय