काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ढकालले पदमा बहाल रहँदा भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै न आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
ढकालले ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैयाँ ४१ पैसा सम्पत्ति देखिएकामा १ करोड ४४ लाख ११ हजार ७८१ रूपैयाँ ७१ पैसा अवैध देखिएकाले सोही रकम बराबरको बिगो कायम गरी सोमबा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
अख्तियारले बिगो रकम असुली, जरिवाना र कैद सजाय माग्दै मुद्दा दायर गरेको हो।









