काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको बिदाइ वा स्वागतका लागि तीन जनामात्र जान पाइने भएको छ ।
विमानस्थलले एक मंगलबार सूचना जारी गर्दै तीन जनामात्र आफन्त विमानस्थल जान पाउने नियम बनाएको हो ।
पछिल्लो समय धेरै मानिस विमानस्थलमा पुग्दा ट्राफिक व्यवस्थापनमा समस्या आएको र दुर्घटनाको जोखिम बढेको भन्दै एकजना यात्रुका लागि तीन जनामात्र आफन्त स्वागत वा बिदाइका लागि विमानस्थल जान पाउने व्यवस्था गरिएको विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाको भनाइ छ ।









