काठमाडौं– पछिल्लो समय नयाँ राहदानी लिनेको संख्या बढ्दै गएको छ । राहदानी विभागका अनुसार गत जेठमा मात्रै १ लाख ४७ हजार जनाले राहदानी लिएका छन् । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका हुन् ।

एकै महिनामा १ लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् । उनका अनुसार गएको चैतमा १ लाख ४२ हजारले र वैशाखमा १ लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको संख्या समावेश छ ।

प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय राहदानी बनाउनेको संख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको संख्या कम भएको विभागले जनाएको छ । ६६ पृष्ठको राहदानी ४ लाख प्रति छापिएकामा ४ हजारमात्रै प्रयोग भएको र बाँकी मौज्दात रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय