काठमाडौं– नेपाल सरकारको राजस्व कारोबार गर्ने बैंकहरु असारभर बिदाका दिन पनि खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गरी सरकारी राजस्व कारोबार गर्ने बैंकलाई बिदाका दिन पनि खोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा बैंक बिदाका दिन पनि बैंक खोल्न निर्देशन दिएको हो । राजस्व संकलन, चेक क्लियरिङ एवं विद्युतीय रकम ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि असार २३ र ३० गतेको शनिबार राति ८ बजेसम्म र २४ र ३१ गते साँझ ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु चेक क्लियरिङ एवं विद्युतीय रकम ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्न भनेको छ ।









