काठमाडौं– सेयर बजारको सूचक नेप्से दोहोरो अंकले बढेको छ । आजको कारोबारमा नेप्से २५.३१ बिन्दुले बढेर २०९७.५५ अंकमा कायम भएको हो ।

यस दिन विभिन्न २८९ कम्पनीका ८५ लाख ४ हजार ३७८ कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँमा खरिदबिक्री भएका छन् । वित्त र होटल तथा पर्यटन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बुधबार वित्त समूह ३९.२० र होटल तथा पर्यटन समूह ५१.०८ बिन्दुले घटेको छ । बढ्नेमा भने सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १०६.८० र जलविद्युत् समूहको उपसूचक १०२.७२ बिन्दुले बढेको छ ।

बैंकिङ ८.७७, विकास बैंक ३०.८७, लगानी ०.४० र जीवन बीमा ३८.९६ बिन्दुले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ५९.४८, लघुवित्त समूह ७३.७५, म्युचुअल फन्ड ०.२६, व्यापार ९.०७ र अन्य समूह १.०५ बिन्दुले बढेको छ ।

शिवश्री हाइड्रोपावर लिमिटेड, सिवाइसी लघुवित्त वित्तीय संस्था लिमिटेड, रिभर फल्स पावर लिमिटेड र लक्ष्मी इक्विटी फन्डको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३३ करोड ९३ लाख ५१ हजार र १०१ रुपैयाँ बराबरको ५ लाख १८ हजार ६०४ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय