काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको २३३५ औं बैठकले डिजेलमा प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको निगम स्रोतले बताएको छ ।

खाना पकाउने ग्यासमा प्रतिसिलिम्डर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको बताइएको छ । ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ ।

त्यस्तै पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको पनि स्रोतले जानकारी दिएको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा बढ्ने र घटेर आउँदा घट्नेछ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्यसूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्याैता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय