काठमाडौं– नेपाली बजारमा सुनको मूल्य पुराना सबै रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ तोकेपछि पुराना रेकर्ड ब्रेक भएको हो ।

यसअघि जेठ १८ गते सुनको मूल्यले १ लाख १३ हजार ३ सय रुपैयाँको रेकर्ड राखेको थियो । बुधबार यसको मूल्य १ लाख १३ हजार १ सय रुपैयाँ थियो ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो । बिहीबारका लागि तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी महासंघले चाँदीको मूल्य १४ सय ९५ रुपैयाँ प्रतितोला तोकेको छ । बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय