काठमाडौं– एनआइसी एसिया बैंकले शुक्रबार २६औं वार्षिकोत्सव मनाएको छ । आजभन्दा २६ वर्षअघि खुलेको यो बैंकले देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको दाबी गरेको छ ।

२६औं वार्षिकोतसवको अवसर पारेर बैंकले यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । ‘हाम्रो यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाई सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिनुहुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभारका साथ सादर नमन गर्दछौं,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट पनि बैंकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय