काठमाडौं– सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकेको अनलाइनमार्फत आधिकारिक जानकारी लिन सकिने सुविधा सुरु गरको जानकारी दिएको छ ।

सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेनस सर्टिफिकेटमा उल्लेखित क्युआर कोड स्क्यान गरेर तथा तथा बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिने बताइएको छ ।

यसैगरी, बैंकले गुड फर पेमेन्ट चेकेको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको व्यवस्था गरेको छ । यस अन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत लिन सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यस सुविधाको सुरुआतसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर पेमेन्ट चेकहरुबाट ग्राहकलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकको विश्वास छ । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटिएम सञ्चालनमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय