काठमाडौं– नेपाल राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई पासपोर्ट सुविधाअन्तर्गत वर्षमा दुईपटक प्रतिपटक २५०० अमेरिकी डलरसम्म सटही सुविधा दिन एकीकृत परिपत्र २०७९ मा संशोधन गरेको छ ।

अब विदेशी मुद्राको कारोबार गर्ने अनुमति पाएका बैंक, वित्तीय संस्थाले विदेश जाने नेपालीलाई वर्षमा दुईपल्टसम्म प्रतिपटक २५०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा साटिदिन सक्छन् ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई पासपोर्ट सुविधा अन्तर्गत वर्षमा दुईपटकसम्म २५ सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही सुविधा दिने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयन गर्न केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७९ संशोधन गरेको हो ।

शुक्रबार राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न अनुमति पाएका क वर्गका वाणिज्य बैंकहरु र ख वर्गका विकास बैंकहरुलाई एकीकृत परिपत्र २०७९ को एकीकृत इ. प्रा. परिपत्रः ७÷२०७९ को दफा १ को खण्ड (ख) को बुँदा नम्बर १ लाई संशोधन गरेको जानकारी गराएको हो ।

वैदेशिक रोजगारीमा जाने नेपालीले भने २०० डलरसम्म मात्र सटही सुविधा पाउनेछन् ।

गत वर्ष विदेशी विनिमय सञ्चितिमा कमी आएपछि नेपाल राष्ट्र बैंकले राहदानी सुविधा अन्तर्गतको सटही सुविधाको सीमा २५०० बाट घटाएर १५०० डलर कायम गरेको थियो । अहिले विदेशी मुद्रा सञ्चिति बढेपछि पुनः २५०० साटिदने व्यवस्था गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय