काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२३ सम्पन्न भएको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्ष ः पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको कम्पनीले जानकारी दिएका छ । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरको सहभागिता रहेको बताइएको छ ।

कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको भन्दै यसमा योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसात गर्दै कम्पनी अघि बढेको देख्दा मन प्रफुल्लित भएको उनले बताए । सार्कले समुद्रमा आधिपत्य कायम गरे झैं नेपाल लाइफले जीवन बीमा क्षेत्रमा अधिपत्य कायम गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

अर्का सञ्चालक विमलप्रसाद ढकालले कम्पनीका बीमा अभिकर्ताले बीमालाई नेपालीको घरदैलोमा पुर्याउन योगदान गरेको भन्दै प्रसंसा गरे । गत आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका अभिकर्तालाई बधाइ ज्ञापन गर्दै उनले आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधीनमा रहेर गर्न सबैलाई आग्रह गरे । उनले एएमएल सिएफटीको महत्त्व र अपरिहार्यताबारे पनि प्रकाश पारेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गत आर्थिक वर्षको कार्यसम्पादनको लागि धन्यवाद र चालू आर्थिक वर्षको व्यापार लक्ष्य हासिल गर्न सुरुबाटै दत्तचित्त भई काम गर्न आह्वान गरे ।

उनले गत आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८०–८१ मा सेल्स रणनीतिबारे जानकारी गराएका थिए । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको कम्पनीले जानकारी दिएको छ ।

एजेन्सी मेनेजरतर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोडतर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, शान्ता राजवंशी र भीमा पन्थीलाई अवार्डका साथै नगद पुरस्कार प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय