काठमाडौं– बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले साउन २९ गते सोमबार काठमाडौंमा लिडर्स फर नेक्स्ट जेनेरेसनः एक्स्पेक्ट द अनएक्सपेक्टेड विषयक सम्मेलन आयोजना गर्ने भएको छ ।

सम्मेलनको मुख्य उदेश्य विश्यव्यापी परिवर्तित आर्थिक, राजीतिक, वातावरणीय र सामाजिक प्रवृत्तिले भविष्यको वित्तीय क्षेत्रलाई पार्ने प्रभावका साथै आगामी पुस्ताका ग्राहकका आवश्यकता, अपेक्षाहरुमा ध्यान केन्द्रित गर्दै सम्बन्धित जोखिम तथा अवसरसहित वित्तीय क्षेत्रको डिजिटलाइजेसनमा व्यापक अन्तरदृष्टि प्राप्त गर्नु रहेको सिबिफिनले जनाएको छ । सम्मेलनमा स्वदेश तथा विदेशका गरी २१ जना विशिष्ट व्यक्तित्वले कार्यपत्र प्रस्तुत एवं मन्तव्य राख्ने कार्यक्रम छ । सम्मेलनमा वैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिब १ सय ५० सहभागीहले सहभागिता सुनिश्चित गरिसकेका छन् ।

कार्यक्रमको उद्घाटन नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नेछन् । उनले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम समेत छ । सोही सत्रमा सिबिफिनले हरेक वर्ष आफ्नो वार्षिकोत्सको अवसरमा प्रकाशन गर्ने जर्नल अफ बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स प्रकाशन गर्ने कार्यक्रम समेत छ ।

कार्यक्रमको उद्घाटन समारोहमा भारतको ओडिसास्थित सेन्टुरियन युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (सियुटिएम) का सञ्चालक अभिनव मदनको उपस्थितिमा सियुटिएमसँगको सहकार्यमा बिफिनले सञ्चालन गर्न लागेको सर्टिफिकेसन प्रोग्रामसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

कार्यक्रमका मुख्य वक्ताहरुमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, गुरुप्रसाद पौडेल र रेवतीप्रसाद नेपालको साथै कमर्सियल बैंक अफ सिलोन पिएलसी, श्रीलंकाका चेयरम्यान आनन्द जयवर्दने, सिटी बैंक अफ बंगलादेशका सिइओ एन्ड म्यानेजिङ डाइरेक्टर माश्रुर अरेफिन, इनटरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)का आवासीय प्रतिनिधि बाबाकर एस फाये, एनबिबी बैंकका सिइओ सुनिल केसी, नेपाल इन्फ्रास्ट्रक्टर बैंकका सिइओ रामकृष्ण खतिवडा, नेपाल सरकारका पूर्वसचिव विश्वनाथ ओली, भिक्टोरिया युनिभर्सिटी अस्ट्रेलियाका सिनियर लेक्चरर डा. चित्रा एस डी सिल्भा लोकुवादुगे लगायत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय