काठमाडौं– काठमाडौं तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं–तराई–मधेश द्रुतमार्गको डिपिआर संशोधनको निर्णय गरेको हो । झण्डै २ अर्ब घट्ने र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डिपिआर संशोधन भएको मन्त्री ज्वालाले बताए । उनले भने, ‘सुरुङ मार्ग थपिँदा सडकको लम्वाइ र मूल्य दुवै घट्यो ।’

काठमाडौं–मधेशको ‘लाइफलाइन’ हुने ठानिएको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । विसं २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ ।

द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका छन् । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएका थिए ।

प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ २ खर्ब १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय