काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपना साकार पार्ने भन्दै ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा योजना सार्वजनिक गरेको छ ।

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने बताइएको छ ।

११.९९ प्रतिशतको निश्चित ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय वा उद्यम थालनी वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा लिन सकिने बताइएको छ ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा, ५० एटीएम र डिजिटल बैंकिङमार्फत अत्याधुनिक र गुणस्तरीय सेवा दिइरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय