मलेखु– काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खस्दा ८ जनाको निधन भएको छ । ज्यान गुमाउनेमा ६ पुरुष र २ महिला छन् ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको उक्त बस बुधबार बिहान सवा ११ बजेतिर अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १६ जना घाइतेको उद्धार गरिएकोमा ८ जनाको निधन भएको छ । दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय