काठमाडौं– नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले कान्तिपुर सिनेमाजसँग एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ । यो सम्झौताअन्तर्गत कान्तिपुर सिनेमाजको एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ ।

कान्तिपुर सिनेमास एक ओटीटी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्र शृंखलाहरुलाई स्ट्रिमिङ सेवा प्रदान गरिन्छ ।

आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिवचन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

‘आइएमई पेले ग्राहकको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय