काठमाडौं– बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएका काठमाडौं महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको शव ११ बजेदेखि श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने भएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार राष्ट्रिय सभा गृहमा श्रद्धाञ्जलीपछि शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

रिजालको उपचारका क्रममा बिहीबार बिहान ०७ः३० बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । उच्च ज्वरो र निमोनियाँ देखिएपछि उनलाई अस्पताल लगिएको थियो । पाँच दिनदेखि उनको ग्रान्डीमा उपचार भइरहेको थियो । सोमध्ये २ दिन

आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालको भनाइ छ । उनको दुवै फोक्सोमा सिभिर निमोनिया भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेको भनाइ छ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल कात्तिक १९ गते भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय