काठमाडौं– नेपालको चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच दुई देशबीच सिमेन्ट व्यवसाय अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ ।
नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यका साथ दुई देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट व्यवसायमा नयाँ अध्याय शुरू गरेको चौधरी ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले साझेदारी गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्ध अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्त्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौं,’ प्रबन्ध निर्देशक चौधरीले भने ।









