काठमाडौं– नेपालका लागि रेनो गाडीको अधिकृत वितरक एड्भान्स्ड अटोमोबाइल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दसैं तिहार र बहुप्रतीक्षित नाडा अटो सोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ ।
सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिङ डिपार्टमेन्ट हेड विशाल दाहालले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकवर्गले सानिमा बैंकमार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ ।
यसको साथसाथै रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत रेनोका ग्राहकले ७ लाखसम्म छुटको साथै इजी फाइनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरलगायतका लाभ पाउन सक्ने बताइएको छ ।









