काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले हिन्दु धर्म मान्ने नेपाली महिलाको प्रमुख चाड तीज (हरितालिका)लाई लक्ष्य गरी तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युट्युब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

तीजलाई अझ विशेष बनाउन भन्दै बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ । बंैकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउनेमध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोमध्ये प्रथमलाई ३० हजार द्वितीयलाई २० हजार तृतीयलाई १० हजार र बाँकी सातवटा भिडियोलाई जनही ५ पाँच हजार रुपैयाा सान्त्वना पुरस्कार राशि प्रदान गरिने बताइएको छ ।

टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीले भिडियो बनाउँदा बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्त पालना गर्नुपर्ने बताइएको छ ।

गरिमा विकास बैंकले १२१ शाखा कार्यालय, ५० एटिएम र डिजिटल बंैकिङ (गरिमा डिजी बटुवा, डेबिट र क्रेडिट कार्ड, स्मार्ट क्यूआर लगायत) मार्फत देशभर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय