काठमाडौं– नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो सोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकका लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

भृकृटीमण्डपमा जारी नाडा अटो सोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको हो । यो स्किम अन्तर्गत सिट्रोन सी३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी सिट्रोनको विद्युतीय गाडी ई सी३ खरिद गर्न चाहने ग्राहकले पनि निःशुल्क बीमा र निःशुल्क सडक करको सुविधा पनि पाउने बताइएको छ ।

यी अफरहरुको साथै ग्राहकले नाडा अटो सो भरी निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय