काठमाडौं– बडा दसैंको अवसरमा केटीएम सिटीले विशेष अफर बजारमा ल्याएको छ । दसैंको नयाँ अफरमा सामान किन्दा विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म ग्राहकले प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
नेपालीको विशेष पर्व बडा दसैंको अवसरमा २ हजारसम्मको सामान किन्दा बफ वा क्याप र ३ हजारसम्मको सपिङमा टावेल प्राप्त गर्ने बताइएको छ ।
केटीएम सिटीको ४ हजारसम्मको सामानमा पठाओको स्पेसल प्रोमो कोड र ५ हजारसम्मको सामान किन्दा ग्रासल्यान्ड फेस्टिभलको निःशुल्क टिकट प्राप्त हुनेछ । फेस्टिभलको १८ वटा टिकटमात्र बाँकी रहेको कम्पनीको भनाइ छ ।
यस्तै ८ हजारको सामान किन्ने सुरुका १० ग्राहकले झापा, बुटवल वा पोखराको बस टिकट प्राप्त गर्नेछन् । ३० हजारसम्मको सामान किन्दा सुरुका ८ जनाले झापा, बुटवल वा पोखराको फ्लाइट टिकट प्राप्त गर्ने बताइएको छ । यस्तै, ५० हजारभन्दा माथिको सामान किन्ने होलसेल ग्राहकले १५ प्रतिशत छुट प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ ।
बडा दसैं अफर नजिकैको स्टोर र अनलाइनमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।









