काठमाडौं– ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फत कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत (रु. ५०० सम्म) क्यासब्याक प्राप्त गर्नेछन् ।
आगामी कात्तिक ३ सम्म चल्ने बैंकका यस अभियानअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६८ एटिएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।









