काठमाडौं– नेपालगन्जमा धार्मिक तनाव बढेपछि निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरिएको छ । त्यहाँ हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउसो १ः०० बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो ।

नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) क्षेत्रभित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाइने गरी कर्फ्यु आदेश जारी गरिएको कार्यालयले जानकारी दिएको छ ।

केही दिनअघि सामाजिक संजालमा सार्वजनिक भएको मुस्लिम लक्षित स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्याली निकालेको थियो । मंगलबार ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीको क्रममा विवाद उत्पन्न भई नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै ढुंगामुडालगायत विरोध प्रदर्शन भएको थियो ।

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय